पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ ।
गत वर्षबाट दर्ता सहयोगी नियुक्त गर्ने लगायत सबै प्रकृया पुरा गरेको बिमा कार्यक्रमले २०७८ असोज महिनाबाट उपमहानगरपालिकामा बिमितहरुको दर्ता शुरु गरेको हो । उपमहानगरपालिकाले २४ वटै वडाबाट एकैसाथ कार्यक्रमको शुरुवात गरेको जनाएको छ ।
वडा नम्बर १८ मा अध्यक्ष अर्जुनप्रसाद दाहालले परिवारका सदस्यहरुको दर्ता गरेसँगै कार्यक्रम शुरु गरिएको स्वास्थ्य बिमा दर्ता सहयोगी सुनीता अधिकारीले जानकारी दिनुभयो । पाँचजनासम्मको एक परिवारले कार्यक्रममा सहभागी हुन बार्षिक ३ हजार ५ सय मात्र योगदान रकम तिर्नु पर्ने छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारको हकमा प्रतिव्यक्ति ७ सय रुपैंया थप योगदान गर्नुपर्ने हुन्छ । योगदान रकम जम्मा गरेपछि पाँचजनासम्मको परिवारलाई स्वास्थ्य बिमामार्फत बार्षिक १ लाखसम्मको उपचार सुविधा दिने सरकारले जनाएको छ । सदस्यता लिएका योगदानकर्ताहरुलाई सरकारले ओ.पि.डी. सेवा, ईमर्जेन्सी सेवा, अस्पताल भर्ना सेवा, एक्स रे, ईसिजी, भिडियो एक्स रे, एम.आर.आई, सिटी स्क्यान, रगत जाँच सुविधा उपलब्ध हुने अधिकारीले बताउनुभयो । जिल्लामा सिम्रौनगढ नगरपालिका बाहेकका १५ पालिकामा कार्यक्रम सुरु भएको स्वास्थ्य विमा जिल्ला समन्वय समितिका प्रमुख रुस्तम अंसारीले बताउनुभयो । प्राविधि कारण सिम्रौनगढ नगरपालिका छुटेको र दशैंपछि त्यहा पनि कार्यक्रम शुरु हुने बताउनुभयो ।
स्वास्थ्य बिमा अन्तर्गत सरकारले निःशुल्क वितरण तथा सुचिकृत गरेका औषधीहरु दिने छ । एपेन्डीस, पत्थरी सहितका विभिन्न साना ठूला अप्रेशनसँगै कार्यक्रमले तोके बमोजिम मुल्यको चस्मा, श्रवणयन्त्र, सेतोछडी, बैशाखी जस्ता सुविधामा पाइने नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
बिमा अन्तर्गतको सुविधा लिन बिमा बोर्डसँग सम्झौता गरेका वा सुचिकृत सरकारी वा जुनसुकैै स्वास्थ्य संस्थाबाट उपचार सुविधा पाइने छ । स्वास्थ्य विमाको सदस्यता लिँदा नजिकको प्राथमिक स्वास्थ्य संस्थालाई प्रथम विन्दु बनाउनु पर्ने समन्वय प्रमुख अंसारीले बताउनुभयो ।
बारा जिल्लाको जीतपुरसिमरा, कोल्हवी, जगंभवानिपुर, हर्दिया प्रसुरापुर र निजगढ प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल कलैयासँग बोर्डले सम्झाता गरेको छ । यीमध्ये कुनै एक संस्थालाई प्रथम विन्दु राखेर सदस्यता दिन अंसारीले सुझाउनुभयो ।
स्वास्थ्य बिमा योजनामा अतिगरिब विपन्न, एचआईभी संक्रमित, कुष्ठरोगी, अतिअसक्त अपाङ्गलाई सतप्रतिश छुट सविधा दिएको छ । महिला स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत योगदान रकममा छुट दिएको छ । भने ७० वर्ष कटेका जेष्ठ नागरिकलाई योगदान रकम पूर्ण छुट गरी १ लाखसम्मको निःशुल्क उपचार सेवा दिने बिमा बोर्डले जनाएको छ ।
थप जनाकारी चाहिमा नजिकका स्वास्थ बिमा कार्यक्रमका दर्ता सहयोगी, जिल्ला समन्वय कार्यालय एवं बिमा बोर्डको वेवसासाईड ध्ध्ध्।जष्द।नयख।लउ वा पैसा नलाग्ने फोन नं.१६६० ०१ ११२२४ मा सम्पर्क गर्न सकिने अंसारीले बताउनुभयो ।