कृपा संवाददता
कलैया , ८ फागुन । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० स्थित रहेको अमाव महादेव शिवालयमा एक स्थानीय कमल बावु चौधरीले २५ किलोको घन्टा प्रदान गरेको हो । बिहिबार चौधरीले शिवालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी घन्टा प्रदान गरेको शिवालयका पुजारीले जानकारी दिए । कोल्हवी नगरपालिका वडा नम्बर १० स्थित रहेको शिवालयमा शिवरात्रीमा मेला लाग्ने गर्दछ । सोहि अवसर पारेर चौधरीले मन्दिरको पुजारीलाई २५ किलोको घन्टा , शंख तथा २५ थान कपडा वितरण गरेको हो ।
चौधरी कोल्हवी नगरपालिकाको वडा नम्बर १० बेलवा निवासी रहेका छन् । चौधरीले बिरगंजमा होटल हिमाल संचालन गर्दै आएका छन् । यस अघि पनि चौधरी सामाजिक काममा निरन्तर लागि परेका व्यक्ति रहेको छ । चौधरीले बिरगंज स्थित रहेको मानव सेवा आश्रममा पनि विभिन्न समयमा खाना खुवाउने देखि लिएर सामाग्री वितरण जस्ता कार्यमा सामेल भएका सुनाए ।
त्यसैगरी विभिन्न समयमा निशूल्क रुपमा खाना खुवाउने जस्ता सामाजिक कार्यमा निकै योगदान गरेको छ । चौधरीले आफ्नो खर्चमा बाराको फेटामा ट्रोनाडो आएको बेला पनि नारायणी उप क्षेत्रिय अस्पताल , नेशनल मेडिकल तथा भरवलियामा ६ दिन नि शूल्क रुपमा खाना खुवाएका थिए ।