जियालाल चौधरी
कोल्हबी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराका नवनिर्वाचन पदाधिकारीहरुले बिहीवार पद तथा गोपनियताको सपथ लिएका छन ।कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक भूवन चौधरीले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । सोही अवसरमा नगर प्रमुख चौधरीले पदाधिकारीलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।
गत माघ १ गते भएको (फोनिज) को चौथो अधिवेशनबाट धिरेन्द्र पनुहरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ र महिला उपाध्यक्षमा इन्दिरा चौधरी, सचिवमा जितेन्द्र चौधरी र सहसचिवमा बसन्त लामा छानिएका हुन ।

त्यस्तै कोषाध्यक्ष बिनिता चौधरी एंव सदस्यहरुमा उमेश घलान, मुकेश चौधरी र राजकुमार लामा चुनिएका हुन । कार्यक्रममा फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, कोल्हवी नगरपालिकाका उपनगर प्रमुख लक्ष्मी चौधरी, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी, वडा नम्बर १० का वडा अध्यक्ष कुञ्जबिहारी चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनाली, नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष विरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक किसन बस्नेत, समाजसेवी सञ्जय चौधरी, कृपा दैनिकका सम्पादक गोकुल घोरसाइने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पूर्वसचिव गुरुप्रसाद गौतम, संचारकर्मी सन्तोष पाण्डे, जितलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन बिनिता चौधरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य ईन्दिरा चौधरीले दिनुभएको थियो ।
कोल्हवी नगरपालिकाका वडा नम्बर ३ को पथलहवाघाटमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply