बिदुर खडका
सिमरा,कोरोनाका बिरामीहरुसंग शुल्क लिएर उपचार गर्ने चितवन मेडिकल कलेजसंग अस्पतालमा उपचार गराएका संक्रमितले रकम फिर्ता मागेका छन ।
अस्पतालले संक्रमितको निशुल्क उपचार गरेको भनेर सरकारसंग रकम लिएको जानकारी पाएपछि बाराको जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का केशव न्यौपानेले उपचारको क्रममा आफूले तिरेको ९ लाख रुपैया फिर्ता गराइ दिन जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दिनु भएको हो ।
कोरोना संक्रमणबाट बिरामी परेपछि न्यौपानलेले १७ दिनसम्म मेडिकल कलेजको आईसियुमा बसेर उपचार गराउनु भएको थियो । न्यौपाने जस्ता सयांै बिरामीले उपचारमा लागेका रकम फिर्ता गरि पाऊ भनेर जिल्ला प्रसासन कार्यलय चितवनमा निवेदन दिएको न्यौपाने बताउनुहुन्छ ।
मेडिकल कलेजले कोरोनाका बिरामीलाई निःशुल्क उपचार गरेको भनेर सो बापतको करोडौ रकम सरकारसंग माग गरेको जानकारी आएपछि न्यौपानेसहित रकम खर्च गरेर उपचार गराएका बिरामीहरुले रकम फिर्ताको माग गरेका हुन । तर यता मेडिकल कलेज प्रसासनले भने दोहोरो शुल्क लिएको समचारको खंण्डन गरेको छ ।