नेपालमा निजी क्षेत्रबाट संचालित दूरसंचार संस्था हो, एनसेल । शुरुमा यसको नाम अरु नै भए पनि पछिल्ला केही वर्षयता यसले नेपालमा राज गर्दै आइरहेको छ, एनसेलको नाउमा । नेपाल दूरसंचार अथवा नेपाल टेलिकमलाई समेत हम्मेहम्मे हुने गरी यसले सेवा दिइ नै रहेको छ । अझैपनि नेपालको कतिपय भूभागमा एनटिसीको राम्रो टावर नभएको स्थानमा यसैले राज गर्दै आइरहेको छ । नेपालमा नेपाल टेलिकमको सिम प्रयोग गर्ने भन्दा एनसेलको सिम प्रयोग गर्ने ग्राहक धेरै बढी छन् । प्रायः ग्राहकहरुले नेपाल टेलिकम र एनसेल दुबैको सेवा प्रयोग गर्दै आइरहेको देखिन्छ । नेपालमा अन्य दूरसंचार संस्थाहरु कम भएकाले पनि एनसेलको लगानी नेपालमा भएको देखिन्छ र यसको कमाइ पनि राम्रो भएको देखिन्छ । यद्यपि बिदेशीको लगानी रहेको एनसेलमा नेपालका राजनीतिक दल मात्रै होइन, कर्मचारीहरुको समेत हात छ । पछिल्लो समय फेरि यसैका विषयमा विवाद भएको छ । राजनीतिक दलदेखि कर्मचारीहरु समेत यसमा मुछिएको कुरा आएको छ । लगानीका सवालमा पनि लगानीकर्ता पछाडि हटेको भन्ने कुरा आएको छ । नेपालीहरुको अर्बैं रुपैया लिएर कम्पनी बाहिरिन पनि खोजेको देखिन्छ । सरकारले केही एक्सन लिन खोजेको जस्तो देखिए पनि प्रश्न सरकारतिर पनि सोझिएको छ । त्यसैले यो प्रकरणमा सबै दलहरुको भूमिका मात्रै होइन धेरै निकायको भूमिका शंकास्पद छ ।
















