बारा प्रहरीले फरार रहेका केही प्रतिवादीहरुलाई पक्राउ गरेको बताएको छ । प्रतिवादी भनेको अदालतबाट दोषि करार भएका व्यक्तिहरु हुन् । कानुन अथवा न्याय सबैका लागि समान हुन्छ । कानुन कार्यान्वयनको पाटो भनेको न्यायलय हो ।
नेपालको न्यायलयको क्षेत्रमा बेला बेलामा प्रश्न उठे पनि नेपालको न्याय प्रणाली सबै खराब छैन । न्यायलयमा काम गर्ने केही न्यायमुर्ति वा योसंग सम्बन्धित केही व्यक्तिहरु गलत नै होलान् तर यसैका आधारमा नेपालको न्यायलयमाथि अविश्वास गर्न पनि त सकिदैन  । त्यसैले पनि अदालतले प्रतिवादी भनिएकाहरु दोषि नै हुन्छन् । अपराधमा संलग्न रहेकाहरु नै हुन्छन् । अपराधीहरुलाई कारबाही गर्ने वा कानुनको दायरामा ल्याउने काम प्रहरीकै हो । समाजमा शान्ति सुरक्षा स्थापित गर्नका लागि र कानुनी राज्यको अनुभूति दिलाउनका लागि पनि प्रहरीको भूमिका यसै पनि महत्वपूर्ण हुन्छ नै र कानुनबाट भाग्नेहरुलाई समातेर पीडितलाई न्याय दिलाउने काम पनि प्रहरीकै हो । सामाजिक अपराधका सवालमा बारा जिल्ला पनि अगाडि छ । बाराका वर्षाैं अगाडिदेखिका केही घटनाहरु हेर्ने हो भने निकै क्रुर घटना पनि भएका र अपराधीहरु फरार रहेको पाइन्छ । अपराधीहरु पनि दुई हिसावले फरार भएको जस्तो देखिन्छ । एक एक नियत बस नै कानुनलाई छल्ने र दोश्रो राजनीतिक संरक्षणको आधारमा बस्ने । यस्ता दुबै प्रकारका अपराधीहरुलाई अझै कानुनको दायरामा ल्याएर कानुनी राज्यको प्रत्याभूति दिलाउन आवश्यक छ  ।

Leave a Reply