काठमाण्डौ , भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसाद मरेको छ ।आसामको सोनितपुर जिल्लामा रहेको बेहाली चिया बगानमा आज ८९ वर्षको उमेर बिजुलीप्रसाद मरेको अधिकारीहरुलाई उद्धुत गर्दै बीबीसी हिन्दीले जनाएको छ । चिया बगानमा काम गर्ने र सम्बन्धित धेरै मानिसहरू हात्तीको मृत्युमा शोक व्यक्त गर्न भेला भएका थिए ।हात्तीलाई सानै छँदा बारागाङ चिया बगानमा ल्याइएको र बगैँचा बेचिसकेपछि विलियम्सन मेगर समूहमा पुगेको चिया बगानका व्यक्तिले जनाएका छन् । काम गर्ने उमेरबाट अवकाशपछि बिजुली प्रसादले चियाबारीमा सुखको जीवन बिताइरहेको थियो ।पद्मश्री पुरस्कार विजेता र प्रख्यात हात्ती सर्जन डाक्टर कुशल कोन्वर शर्माले सामान्यतया हात्तीहरु ६० देखि ६५ वर्षसम्म बाँच्ने र घरेलु हात्ती ८० वर्षसम्म बाँच्ने अध्ययनहरुले देखाएको बताउनुभयो । तर राम्रो हेरचाहको कारण बिजुलीप्रसाद ८९ वर्षसम्म बाँचेको उहाँको भनाइ छ ।सोमवार मरेको बिजुलीप्रसाद हात्तीका सबै दाँत १० वर्षअघि नै भाँचिएका थिए । हेरालुले उसलाई उच्च प्रोटिनयुक्त उमालेको चामल र सोयाबिन मिसाएर खान दिँदै आएका थिए ।

 

Leave a Reply