धिरेन्द्र तिवारी

कलैया,नेकपा एमालेले बाराको कलैया उपमहानगरपालिकामा वडा इन्चार्जहरुलाई जिम्मेवारी तोकेको छ ।उपमहानगरपालिकाको नगर कमिटी बैठकले २७ वटा वडाका ईन्चार्जहरुलाई जिम्मेवारी तोकेको हो ।कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवथित पार्टी कार्यालयमा आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा कलैया उपमहानगरपालिका ईन्चार्ज एवं बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समिरको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकले विभिन्न निर्णयसहित जिल्ला कमिटी सदस्यहरुलाई २७ वटा वडाको ईन्चार्जको तोकिएको जानकारी दिइएको छ ।वडा नम्बर ३ र २५ मा गोरख यादव, ५ र ७ मा पुनदेव रौनियार, ९ मा जोहरा खातुन, ८ र ११ मा अलिराज हवारी, ६ मा भवानी दुलाल, १० र २० मा शर्मा बैठा, १४ र २३ मा भिखारी साह बिद्रोही, १८ र १९ मा आसमहम्मद अन्सारी, २१ र २४ मा एम समिउल्लाह, १५ र १६ मा जवाहिर अन्सारी, १७ मा अमिन अन्सारी, २ र ४ मा मोहन लामिछाने, १ र २२ मा अच्युत पौडेल तथा २६ र २७ मा मदेस प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठलाई ईन्चार्जको जिम्मेवारी तोकिएको छ ।बैठकमा बारा क्षेत्र नम्बर २ का ईन्चार्ज बलवीर चौधरी, जिल्ला उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, सुनिल पाल, जिल्ला सचिवालय सदस्य पुरुषोतम साह, रामेश्वर सिंह लगयतका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply