दुष्यन्त चौधरी
बारा,मोटरसाइकलमा राखेर नेपालबाट भारततर्फ लैजान लागिएको ५० किलो गाँजा सीमा नाकाबाट प्रहरीले बरामद गरेको छ ।
भारत लैजान लागिएको उक्त परिमाणको एक बोरा गाँजा बाराको पचरौता नगरपालिका वडा नम्बर २ बिसुनपुरस्थित सडकबाट प्रहरीले बरामद गरेको हो । नम्बर नखुलेको मोटरसाइकलमा राखी सीमा पारी लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बतानुभयो ।
गाँजाको बोरा राखेर मोटरसाइकलमा भारततर्फ जादै गरेका २ जना भने प्रहरीलाई देखेपछि भने हाम फालेर भागेका थिए । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

















