निजगढ,लाल गाउँमा लागेको रात्री मेला हेरेर फर्किने क्रममा भएको मोटरसाइकल दुर्घटनामा निजगढमा एक जना किशोरको सोमवार दिउसो ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना पनि घाइते बनेका छन ।निजगढ नगरपालिका १० लालको गुम्बामा लागेको मेला हेरेर फर्किने क्रममा सडक किनाराको पोलमा मोटरसाईकल ठोक्किएपछि गम्भीर घाइते निजगढ– १२ रामथलीका अन्दाजी वर्ष १७ का रोसन लुङ्गबाको उपचारको क्रममा दिउसो वीरगञ्जको बयोधा हस्पिटलमा मृत्यु भएको हो ।मोटरसाइकलको पछाडि सवार निजगढ– १३ का कुलमान घलान भने सामान्य घाइते बनेका छन । मेलाबाट फर्किने क्रममा लुङ्ग्बाले चलाएको ना २४ प ४१०७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल निजगढ– १० बेसीगाउँ नजिकै ४ बजे सडकको पिलरमा ठोक्किएको थियो ।

Leave a Reply