सरकारले आजबाट संचालन हुने भनेको एसइइ परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ ।बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण देखाउदै सरकारले अन्तिम समयमा आएर एसइइ स्थगित गरेको छ ।जसका कारण पाँचलाख परिक्षार्थीहरुको भविष्य एक किसिमले अन्यौलमा परेको छ ।
परिक्षार्थीको भविष्य अन्यौलमा पर्नु आफैमा दुखद हो । परीक्षाको सबै तयारी पूरा भइसकेपछि एकाएक परीक्षा स्थगित हुदाको बिद्यार्थीलाई पर्ने पीडा अनि राज्यले समेत झेल्न पर्ने समस्याको कल्पना समेत गर्न सकिन्न । हुनत रोगसंग लड्ने क्षमता नेपालसंग छैन ।
यदी यो रोग नेपालमा फैलि हाल्यो भने नेपालले थेग्न सक्ने अवस्था हुन्न । त्यसैले सरकारले सावधानी अपनाउनु एकदमै राम्रो कुरा हो । सरकारले नागरिकहरुलाई पनि सावधानी अपनाउनका लागि आग्रह गरेको छ । सरकारको कुरा सुन्नु पनि पर्छ र मान्नु् पनि पर्छ । संभावित जोखिम न्यूनिकरणका लागि सबैले साथ र ध्यान दिन आवश्यक छ । अहिलेका लागि एसइइ परीक्षा रोक्नु ठीकै मान्न सकिन्छ ।