निजगढ,डिभिजन वन कार्यालय बाराको आयोजनामा वन डढेलो सचेतना सप्ताह शुुरु भएको छ ।डढेलो नियन्त्रण सप्ताहाको पहिलो दिन आज कार्यालयले जिल्लाका विभिन्न स्थानमा जनचेतना ¥याली आयोजना गरेको छ । दर्जनौं सवारी साधनसहित बिहान निजगढको भमरा पुुलबाट शुुरु गरिएको सो ¥याली जिल्लाको कोल्हवी, ककरी, पर्सौना, बर्डहवा, डुुमरवाना, सिमरा, पथलैया, अमलेखगञ्ज, चकरी, रतनपुुर, बागदेव, सिगौल हुुदै पुुनः निजगढमै आएर समापन गरिएको थियो । ¥यालीमा डढेलो नियन्त्रण सम्बन्धि चेतनामूलक सन्देहरु प्रवाहा गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय बाराका प्रमुुख एंव डिएफओ राजिवकुुमार झाले ९० प्रतिशतभन्दा बढी वन डढेलो मानवीय कारण हुने गरेको बताउदै यसको रोकथामको लागि पनि समुदाय नै सचेत हुनुपर्ने बताउनुभयो । ‘मानिसकै कारणले अधिकांश वन डढेलोका घटना हुने गरेका छन, उहाँले भन्नुभयो, यसको रोकथाम र नियन्त्रण लागि पनि मान्छेलाई नै सचेतन बनाउन आवश्यक छ ।’ उहाँले डढेलोले बोट बिरुवा, रुख, वन पैदावर प्राकृतिक स्रोत मात्र नभई वन्यजन्तुु, चराचुुरुङ्गी लगायतका अन्य प्राणी समेतलाई क्षति पुग्ने बताउनुभयो ।

गोठालाहरुले घाँसमा पालुुवा आउने भ्रममा र सिकारीहरुले पनि वन्यजन्तुुका चोरी शिकारी गर्न सजिलो हुने ठानेर वनमा डढेलो लगाउने गरेको उहाँको भनाई थियो । सुुख्खा याम चैत्र, वैशाख, जेठ महिनामा वर्षेनि डढेलोेका घटनाहरु हुने र डढेलोको झिल्को उडेर मानव बस्तीमा समेत आगलागीका घटना हुने गरेको बताउदै उहाँले मानव स्वस्थ्यमा समेत धुवाले असर गर्ने बताउनुभयो ।
यसरी वनजंगलमा डढेलो लगाउने कार्य वन ऐन, कानुनले अपराध ठहर्ने जनाउदै यस्ता कार्य गर्ने, गराउनेलाई हदैसम्म कारबाही गरिने डिएफओ झाको भनाई थियो ।
कार्यक्रममा वन अधिकृत विरेन्द्र यादव, ललन राउत, वर्षा लामा, शर्मिला नेपाल, राजकिशोर उपाध्याय, रेन्जर निरज पोखरेल, वन समुह, साझेदारी वन समितिका प्रमुख तथा प्रतिनिधि, वन कर्मचारी, सशस्त्र वन रक्षक, वन रक्षक लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

जिल्लाका सामुदायिक वन उपभोक्ता समुह, साझेदारी वन ब्यवस्थापन समिति, डिवका मातहतका निकाय सहित डेढ सय भन्दा बढी सहभागी थिए ।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता ः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरू भएको हो ।
वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउँदै आएको छ । वनमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना बढाउनु नै महत्त्वपूर्ण रहेको र सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आ–आफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।सप्ताहको अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम उच्च देखिएको बताउनुभयो । डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा सुक्खायाम शुरू भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।

Leave a Reply