बसन्त लामा
सिंगौल,बारा, पर्सा र मकवानपुर जिल्लाको संगमस्थलको रुपमा रहेको निजगढ नगरपालिका वडा नम्बर ३ स्थित पिपलटारस्थित धन्सार खोला झोलुङ्गे पुल सरक्षणको अभावमा जीर्ण बन्दै गएकोछ ।मर्मत सम्हारको अभावमा पुल भत्केर दुर्घटना जोखिम बढेको स्थानीयले बताएका छन । ४ वर्षअघि निर्माण भएको सो झोलुङ्गे पुल मर्मत सम्हारको अभामाव जीर्ण बन्दै गएको हो । संरक्षणको अभावमा सो पुलमा राखिएका प्लेट उप्केर आवत जावतमा समेत समस्या पर्न थालेको छ ।निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पुलको किला नकस्दा अधिकांश प्लेटको नट खुस्किएको छ । प्लेटको नट ढिला भएपछि पुल भत्किएर यात्रुहरु दुर्घटनामा पर्ने खतरा बढेको स्थानीयले बताएका छन । पुल मर्मतमा जनप्रतिनिधिहरुको ध्यान जान नसकेको र दुर्घटनाको जोखिम बढेको स्थानीय पदमबहादुर बिकले बताउनुभयो ।झोलुङ्गे पुल निर्माण भएपछि पिपलटारमा रहेको हिमाल आधारभूत विद्यालयमा अध्यनरत छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ राजुवाका बालबालिकाहरुलाई विद्यालय आउन सहज भएको थियो ।त्यसैगरी पुल निर्माण भएपछि सो क्षेत्रमा पिकनिक मनाउन आउने र सेल्फि खिच्नेहरुको पनि भीड लाग्न थालेको छ । पछिल्लो समय सो क्षेत्र बारा र रौतहट जिल्लाको दक्षिणी भेगका युवाहरुको पिकनिक मनाउने अकर्षक थलोको रुपमा विकास हुदै आएको छ ।निजगढ नगरपालिका र हेल्भटाँसको सहकार्यमा पुल निर्माण भएको सो पुलको प्रयोग गरेर रौतहट र मकवानपुरका सर्वसाधारण सिंगौल र निजगढसम्म आउने गर्दछन ।
Home मुख्य समाचार संरक्षण अभावमा धन्सार खोला झोलुङ्गे पुल जीर्ण, दुर्घटना जोखिमले सर्वसाधारण चिन्तित


















