पोखरा, ७ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रि

काठमाण्डौ – केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले विजयी शुरुवात गरेको छ । बिहीवार कास्कीको पोखरा रङ्गशालामा भएको खेलमा बाग्मतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ’रातो’ टोलीलाई १ सय ९ रनले हरायो ।बाग्मतीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी १४ ओभर २ बलमा ७५ रन बनाउँदा अल आउट भयो । मदन भण्डारीका कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३ रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४, सुवाश खत्रीले ३ र प्रतिस जिसीले २ विकेट लिए ।
बिहीवारदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply