प्रशंङ्गले अर्को अर्थ नलागेमा यहाँ दुर्गा भन्नाले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कुरा उल्लेख गर्न खोजिएको हो । यिनै दुर्गा प्रसाईंले आफ्नो शुभचिन्तकहरु भन्दै देशभरबाट केही मानिसहरु संघीय राजधानी काठमाडौंमा उतारेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै धावा बोल्ने प्रयास गरेकाछन ।नेपालमा राजतन्त्रको औपचारिक बिदाइ भएको लामो समय भएको छैन । छोटो समयमा नै गणतन्त्रमाथि वितृष्ण जाग्नु अनि यस्ता दुर्गा प्रसाई जस्ता मानिसहरु जन्मनुमा निःसन्देह अहिलेका दल र तिनका शीर्ष नेता नै दोषी छन् ।यिनै प्रसाईं कुनै समय एमालेका अध्यक्ष केपी ओली र गणतन्त्रका नायक भनिएका प्रचण्डसंग निकै नजिक थिए । उनले दुबै नेतालाई आफ्नो भान्सामा लगेर मार्सी चामलको भात खुवाएको घटना पनि ताजै छ । वास्तवमा प्रसाईंलाई चिनाउने पनि प्रचण्ड र ओली नै हुन । आफ्नो राजनीतिक स्वार्थका लागि यस्ता व्यक्तिहरुलाई अगाडि बढाउने यिनै दलका शीर्ष नेताहरुका लागि दुर्गा प्रसाईं अहिले टाउको दुखाइ बनेकाछन । खासमा दुर्गालाई नेपालका धेरै शीर्ष नेताहरुको आन्तरिक कुरा थाहा भएकाले पनि नेताहरु डराएको जस्तो पनि देखिन्छ ।गणतन्त्र ल्याउनका लागि प्रचण्डको योगदान भएपनि प्रचण्डको मात्रै चाहनाले देशमा गणतन्त्र आएको भने अवश्य नै होइन । गणतन्त्र ल्याउनका लागि हजारौं नेपाली आमाको सपुतहरुले बलिदान गरेका छन् । गणतन्त्र ल्याउनका लागि प्राणको आहुति दिएकाहरुको परिवार अझै पनि न्यायको पखाईमा छ । गणतन्त्र आएको दुई दशक नहुदै यसमाथि प्रहार हुनुमा दुर्गा प्रसाईलाई जन्माउनेहरु नै मुख्य दोषी छन् ।

















