मनोज शाह
जीतपुर,हुरीले ढालेर टाँगियाबस्तिका किसानको करोडभन्दा बढीको केरा खेती नष्ट गरेको छ ।जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिमा सोमवार राति आएको हुरीले पाक्ने बेला भएको केराको बोट ढलेर नष्ट गरेपछि किसानले क्षति बेहोर्नुपरेको हो ।

वर्षासंगै आएको हावा हुरीबाट करिब ३ सय ५० जना किसानको १ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको स्थानीय अगुवा रमेश सापकोटाले जानकारी दिनुभयो । ‘आम्दानी होला कि भनेर केरा खेती गरेका थियौं, सापकोटाले भन्नुभयो, तर हुरीले केराको बोटसंगै सपना पनि उडाएर लग्यो ।’ उहाँले जग्गाधनी पूर्जा नभएको ऐलानी जमिनमा खेती गर्नुपरेकाले केराको बीमा समेत गर्न नपाइएको र अन्यत्रबाट पनि सुकुम्बासी बस्तिका पीडित किसानले राहत पाउन नसकेको सुनाउनुभयो । ‘प्राकृतिक प्रकोपले किसानलाई बिचल्लीमा पारेको छ, उहाँले भन्नुभयो, किसानको पीडामा मलमपट्टी गर्नेतर्फ स्थानीय तहले चासो देखाउनुपर्छ ।’

कर्जा लिएर केरा खेती गरिएकाले अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले किसान अहात भएको अर्का किसान टुकाकुमारी अधिकारीले बताउनुभयो । उहाँले पनि किसानको मार्कामा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘किसानको करोडौंको केरा खेती नष्ट भएको छ, उहाँले भन्नुभयो, सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’पछिल्लो समय टाँगियाबस्तिका किसान केरा खेतीतर्फ आकर्षित बनेका थिए । बस्तिमा ५ सय जना किसानले करिव ४ सय बिगाहा जमिनमा केरा खेती गर्दैआएका छन ।

Leave a Reply