काठमाण्डौ – नेपाली कांग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहेकोले बैठक भोलिसम्म लम्बिएको विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बताउनुभयो ।उपसमितिका सदस्य सचिव चम्लागाईंले नेतृत्व चयन पनि भोलि नै शुरू हुने बताउनुभयो । उहाँका अनुसार प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।

महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । दुवै प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिका नौ वटा समूह गठन भएका छन् ।
सहमतिको अन्तिम कसरतकाठमाडौँ — विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया सुरु हुनै लाग्दा नेपाली कांग्रेसभित्र सहमतिका लागि अन्तिम कसरत जारी छ । विशेषगरी शेखर कोइराला निकटका जिल्ला सभापतिहरू सहमतिका लागि तयार पारेको प्रस्तावमा सहमति जुटाउन नेता शेखर कोइराला सभापति देउवासँग छलफल गरिरहेका छन् ।

धादिङका सभापति रामनाथ अधिकारी, नुवाकोटका सभापति रमेश महत, चितवनका सभापति राजेश्वर खनाल, खोटाङका सभापति विष्णुकमार राई, सुनसरी सभापति केदार भण्डारीलगायतका नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग बसेर मध्यमार्गी प्रस्ताव तयार पारेका थिए ।उक्त मध्यमार्गी प्रस्तावमा केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनलाई स्वीकार गरेर स्वामित्व लिनुपर्ने, विशेष महाधिवेशनले पारित गरेको दस्तावेज स्वीकार गर्ने र कार्यान्वयनमा लैजाने, निर्वाचन आयोगमा उम्मेदवार मनोनयनका लागि सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षर फिर्ता लिनुपर्ने मुख्य छन् ।

यस्तो प्रस्तावमा कार्यवाहक सभापति खड्का सकारात्मक छन् । देउवाले स्वीकार गरेमा कार्यवाहक सभापति खड्का र नेता शेखर कोइराला विशेष महाधिवेशनमा आउने धादिङका सभापति अधिकारीले बताउनुभएको छ । देउवासँग छलफलमा जानुअघि कोइरालासँग महामन्त्री विश्वप्रकाश शर्माले समेत छलफल गर्नुभएको थियो ।तर, देउवा पक्षीय नेताहरू विशेष महाधिवेशनलाई स्वीकार गर्ने पक्षमा छैनन् ।प्रवक्ता प्रकाशशरण महत केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको र विधान विपरीत बोलाइएको विशेष महाधिवेशनमा कोही पनि उपस्थित नहुन सुर्कलर जारी गरेको अवस्थामा त्यसैलाई स्वीकार गरेर अघि बढ्न नसकिने बताउनुहुन्छ ।सभापति देउवाले पनि विशेष महाधिवेशनलाई स्वीकार गर्न मान्नुभएको छैन ।

Leave a Reply