पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको कार्यक्रममा राजतन्त्रकालीन पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको छ।

सोमबार पोखराको अमरसिंह चोकस्थित सफल ब्यांक्वेटमा आयोजित प्रदेश कार्यसमितिको पदस्थापन तथा अन्तर्क्रिया कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएको हो। कार्यक्रममा राप्रपाका शीर्ष नेताहरू कमल थापा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे र ज्ञानेन्द्र शाहीसमेत सहभागी थिए।

नेपालको संविधान २०७२ को अनुसूची २ अनुसार ‘सयौँ थुँगा फूलका हामी’ नेपालको आधिकारिक राष्ट्रिय गान हो। पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ २०६३ जेठमा निलम्बन गरिएको थियो।

घटनाबारे कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङले आयोजकसँग स्पष्टीकरण सोधिने बताएका छन्।

Leave a Reply