बीरगंज, १६ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेद्वारका लागि युवा नेता रुपेशमान सिंह श्रेष्ठको नाम सिफारिस गरेको छ । पार्टीको क्षेत्रीय समिति बैठकले पर्सा क्षेत्र नम्बर २ (ख) बाट उम्मेद्वार बनाउन श्रेष्ठको नाम सिफारिस गरेको हो । समितिको बिहीबार बिहान बसेको बैठकले युवामाझ लोकप्रिय नेता श्रेष्ठलाई प्रत्यक्षतर्फ उम्मेद्वार बनाउन सिफारिस गरेको क्षेत्रीय समितिका संयोजक भिखर प्रसाद चौधरीले जानकारी दिए ।
चुनावको मिति नजिकि“दै गर्दा जिल्लाभर चुनावी सरगर्मी बढेको छ ।

पार्टीहरुले आफ्ना उम्मेद्वारको नाम चयन गर्न लागि रहेका छन् । पार्टीले उम्मेद्वारमा आफ्नो नाम सिफारिस गरेस“गै श्रेष्ठले आफ्नो क्षेत्रमा पर्ने वडा, तथा टोलहरुमा भेला, बैठक तथा छलफललाई तिब्रता दिने तयारी गरेका छन् । अहिले व्यक्तिगत रुपमा घरघर पुगेर भेटघाट गर्ने क्रम चलिरहेको बताउ“दै उनले अब छिट्टै भेला तथा सभा आयोजना गरेर जनतासमक्ष आफ्ना धारणा र एजेण्डा प्रस्तुत गर्ने बताए । श्रेष्ठ समाजसेवाका साथै सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय रह“दै आएका छन् । वीरगञ्ज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगञ्जकै पुरानो मध्येको त्रिजुद्ध माद्यमिक विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशक देखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल छन् ।

विभिन्न क्षेत्रमा काम गरेको अनुभव स्मरण गर्दै युवा नेता श्रेष्ठले प्रदेश सभा सदस्यमा आफूहरु जस्तै सक्रिय युवाहरुको आवश्यकता रहेकाले आउ“दो निर्वाचनमा विजयी हुने गरी चुनावी अभियान अघि बढाउने बताए । निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै श्रेष्ठले सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।

Leave a Reply