निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा बुधवार एक जना युवकको रुखबाट लडेर मृत्यु भएको छ ।स्थानीय २८ वर्षिय मानबहादुर श्रेष्ठ भन्ने उमेश श्रेष्ठको हिजो दिउसो रुखबाट लडेर मृत्यु भएको हो । गाईबस्तु चराउन लाल जंगलमा गएका उमेश घाँस झार्ने क्रममा हाङ्गा काट्दा रुखबाट खसेका थिए ।उनको घटनास्थलमा नै मृत्युु भएको र शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाईएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभएको छ ।


















