वीरगञ्ज,वीरगञ्जको घण्टाघर नजिकैको लिंकरोडबाट एउटा मोटरसाइकल चोरी भएको छ ।नारायणी एफएमको स्टेशन कार्यालय अगाडिबाट रातो रंगको सुजुकीको कम्पनीको जिक्सर ना ५० प ९३२९ नम्बरको मोटरसाइकल शनिवार विहानको समयमा चोरी भएको हो ।चोरी भएको मोटरसाइकल पत्रकार निरज पिठाकोटे मगरको रहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले बताउनुभयो । एफएमको अगाडि पार्किङ गरेको अवस्थामा जिन्स पाइन्ट, सेतो सर्ट र कालो रंगको मास्क लगाएको युवकले मोटरसाइकल चोरी गरेको सिसिटिभिको क्योमरामा देखिएको छ ।

Leave a Reply