कृष्णउदास खनाल
भच्चेक,गोरखाको अजिरकोट गाउँपालिकामा माओवादीले बिजय उत्सव मनाएको छ । पालिकामा निर्वाचित अध्यक्ष दीपक देवकोटा,उपाध्यक्ष अनिता भुजेल सहित वडा नम्बर ३ का वडा अध्यक्ष बावुराम अधिकारीको टोलीले बिजय र्याली निकालेको हो ।


अब आँशु झर्न दिन्न : अध्यक्ष देवकोटा


यसैबीच नवनिर्वाचित अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा शहिद तथा बेपत्ता परिवारका सदस्यहरुको अब आँशु झर्न नदिने बताउनुभएको छ । भच्चेक स्थित तत्कालिन शाही सेनाको प्रमुख राजिव थापाको टोलीले घरबाटै नियन्त्रणमा लिइ बेपत्ता पारिनु भएको चन्द्रप्रसाद खनालकी पत्नी पित्तकुमारी खनाललाई उहाको निवासमा भेटेर देवकोटाले शहिद तथा बेपत्ता परिवारले अब आँशु झार्न नपर्ने बताउनुभयो । उहाँले आफूले आफ्नो कार्यकालमा शहिद थगा बेपत्ता परिवारका लागि बिशेष कार्यक्रम संंचालन गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वरणीय रहोस् सेनाले खनाल सहित हंसपुरकै भरत अधिकारी,माधव अधिकारी र बुद्धबल बिकलाई कथित माओवाद्रीको आरोपमा २०५८ सालमा नियन्त्रणमा लिइ हत्या गरेर हालसम्म लाश समेत बेपत्ता बनाएको छ ।

Leave a Reply