निजगढ,निजगढमा मंगलवार भएको वन सरोकारवालाहरुको बैठकले निजगढ ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर मोक्तानको संयोजकत्वमा १३ सदस्यीय वन डढेलो नियन्त्रण सञ्जाल गठन गरेको छ ।

संजालको सदस्यमा निजगढ ६ र ७ को जनहित सामुदायिक वनकी नेत्रकुमारी थापा, आदर्श सदावहार वन समूहका रामकुमार श्रेष्ठ, निजगढ ६ को जनजाग्रिति वन समूहका लिलाबहादुर राउत, निजगढ १ को जनशक्ति वन समूहका शेखर लोप्चन, निजगढ ८ को बकैया ठाकुर वन समूहकी रमा न्यौपाने, निजगढ २ को सरस्वति वन समूहका रामबहादुर थापा, निजगढ ३ सुखसितल वन समूहका राजनप्रसाद तिमल्सिना रहेका छन ।

त्यसैगरी सञ्जालमा सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक विजय हमाल, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहा, पत्रकार जितलाल श्रेष्ठ, निजगढ वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन र निजगढ सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल पनि सदस्य रहेका छन ।बैठकले आगामी चैत्र १ देखि ७ गतेसम्म हुने वन डढेलो सप्ताह वन उपभोक्ता समूहहरुले भव्यताका साथ मनाउने निर्णय पनि गरिएको रेञ्जर पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply