निजगढ,नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बाराको पचरौता नगरपालिकाकी नसिमा खातुनमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गर्नुभएको छ ।नेता पौडेलले आइतवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रातको समयमा घर घेरा हालेर उपप्रमुख खातुन र उहाँका परिवारका सदस्यहरुलाई आक्रमण गर्नेमाथि कारबाहीको माग गर्नुभएको हो ।एमाले नेता पौडेलले प्रहरीले बेवास्ता गर्दा उपमेयर खातुनको घरघेरा हाली राति सांघातिक आक्रमण र तोडफोड गर्नुका साथै लुटपाट भएको बताउनुभएको छ । फेसबुकमा उहाँले लेख्नुभएको छ– ‘जिल्लाका सुरक्षा निकायलाई पटकपटक समस्या अवगत गराउँदा समेत बेवास्ता गरिएकोले आक्रमणकारी तत्वहरु उत्साहित भएर यस्तो जघन्य आक्रमण र लुटपाटमा गर्ने तहसम्म पुगेका हुन ।’ ‘यस्ता दुस्कर्म गर्ने आततायीहरुलाई कडाभन्दा कडा कारबाही गरिनु पर्दछ, अन्यथा यसले पचरौता नगरमा ठुलो समस्या ल्याउन सक्नेछ ।’ पौडेलले फेसबुकमा लेख्नुभएको छ ।उपप्रमुख खातुनको घरमा शनिवार राती भएको पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणमा परेर खातुनसहित उहाँका श्रीमान नेवाजी अन्सारी र अर्का एक छिमेकी कन्हैया साह घाइते भएका थिए । उपप्रमुख खातुनको अवस्था समान्य भएपछि श्रीमान नेवाजी र साहको अवस्था गंम्भीर छ र उनीहरुको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पचरौता नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी यादवले दिएको जानकारी अनुसार साहको आक्रमणमा परेर साहको मेरुदण्डको ३ वटा हड्डी भाच्चिएको छ । आक्रमणकारीहरुमाथि प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको वडा अध्यक्ष यादवले बताउनुभएको छ ।उपप्रमुख खातुनको बैरियास्थित घरमा राति करिब ८ बजे आएको उक्त समूहले उपप्रमुख खातुनको परिवारका सदस्य र छिमेकीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणसंगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।आलमले दुवै बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।प्रहरीका अनुसार बोर्डर आउट पोस्ट दक्षिणझिटकैयाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मिलन श्रेष्ठ नेतृत्वको टोलीले बच्चाहरू रोइरहेको आवाज सुनेपछि आलमलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको बोराभित्र २ जना बालबालिका फेला परेका थिए ।बच्चाहरूको उद्धार गर्दै उनीहरूको अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेका आलमलाई थप कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।
Home मुख्य समाचार पचरौताकी उपप्रमुखमाथि आक्रमण प्रकरण : एमाले नेता पुरुषोत्तम पौडेलद्वारा दोषिमाथि कारबाहीको माग