राज कुमार बानिया
पोखरिया,हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा– ३, कौवाबन गाउँको मुसहर बस्तीको दलित बालबालिका तथा अभिभावकहरुलाई सहयोग गरिएको छ ।बस्तिका १२० जना दलित बालबालिकाका ८० जना अभिभावकहरुलाई कापीकलम, सिसाकलम, पोषिलो खानेकुरा वितरण गरिएको हो ।दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच, विद्यालय टिकाउ, शिक्षामा निरन्तरता, गुणस्तरीय शिक्षा, सिकाईमा सुधार, अभिभावकको चासोको ख्याल र उदेश्यका साथको कार्यक्रम आयोजना गरिएको छ ।हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैरमुनाफामुलक सामाजिक संस्थाको रुपमा दर्ता भएको संस्था हो । संस्थाले स्थापना कालदेखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार विहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आईरहेको छ ।नेपालको विभिन्न जिल्लामा दलित समुदायको लागि आर्थिक सहयोग, अति विपन्नको लागि खाद्यान्न राहत, दलित बालबालिकाको लागि स्टेशनरी सामाग्रीहरु सहयोग र सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा सहयोग गर्दै आएको एचडीएनपी इन्टरनेसनलका अध्यक्ष देवी डेविड आचार्यले जानकारी दिनुभयो । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरीकाका अध्यक्ष आचार्य मुसहर समुदायको बालबालिकाको लागि वार्षिक रुपमा निरन्तर लामो समयदेखि शैक्षिक सामग्रीहरु सहयोग गर्ने, दलित अभिभावकहरुको लागि जीविकोपार्जनको लागि तथा आर्थिक समृद्धिको लागि योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साले एचडीएनपी इन्टरनेसनल, अमेरिकाको अध्यक्ष तथा वरिष्ठ समाजसेवी आचार्यलाई उहाँको काम र समाजमा गरेको योगदान, सेवाको मुल्यांकन गरि सम्मान पत्रले सम्मानित गरिएको थियो ।पिसफोर दलितस फाउन्डेसन नेपाल मधेश प्रदेशको जिल्लामा सक्रिय दलित समुदायको संस्था हो, विगतको वर्षदेखि फाउन्डेसन दलित समुदायको सशक्तीकरण, सामाजिक न्याय, समानता, दलितको छुवाछूत अन्त्य, शिक्षा, सामाजिक रुपान्तरण, दलित समुदायको लागि वकालत, दलित समुदायको सेवा सहयोगमा सक्रिय रहेकोे छ ।यस शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रमको अध्यक्ष दलित अभिभावक संघको अध्यक्षता उर्मिला देवी मुसहर, कार्यक्रमको प्रमुख अतिथि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट, फाउन्डेसनको सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम, संगीता देवी मुसहर, अशोक राम लगायत दलित युवा, दलित महिला र बालबालिकाहरुको उपस्थिति रहेकोे थियोे ।कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज रामले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here