कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा जारी परसवा गोल्डकपको लिग चरणको बुधवारको पहिलो खेलमा सेढवा क्लब विजयी भएको छ ।सेढवा बुद्धनगरलाई ४-० ले पराजित गरी समूह ए को बिजेता बनेको छ भने बुद्धनगर लिग चरणबाट बाहिरिएको छ । यस समूहको उपबिजेता पटेर्वासुगौली देकुली बनेको छ ।सेढवाको लागि ओसकर र ग्यालोरीले २-२ गोल गरेका थिए । खेलमा सेढवाका बिशाल घलान म्यान अफ द म्याच घोषित भएकाछन । घलानलाई नगदसहित ट्रफी प्रदान गरिएको छ ।त्यस्तै बुधवार नै भएको दोस्रो खेलमा बकुलिया बारा बिजय भएको छ । बकुलियाले ठोरीलाई ३÷० गोलअन्तरमा पराजित गरी तीन अंक बटुलेको छ ।सो खेलमा म्यान अफ द म्याच बकुलियाका बिकी राई घोषित भएका छन । बकुलियाको लागि बिकी राईले २ र सिसम थापाले एक गोल गरेका थिए । हारसंगै ठोरी पनि लिग चरणबाट बाहिरिएको छ ।डी समूहमा अब इनरवा भारत र बकुलिया बीचको एक खेल बाँकी छ । बिहीवार लिग चरणको पहिलो खेल बारा– ११ र निचुटाबीच हुनेछ । समूह बी मा रहेको परसवा र निचुटाको ३-३ अंक छ भने बारा– ११ अंकबिहिन रहेको छ । त्यस्तै बिहीवार दोस्रो खेल पकडीटोल र मनहर्वाबीच हुनेछ । समूह सी मा यी दुई टिमको अंक ३-३ रहेको छ । बिहीवारको खेलमा उनीहरुले समूह बिजेताको लागि प्रतिस्पर्धा गर्नेछन ।

 

Leave a Reply