जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सरुवा भएको छ ।प्रमुख प्रशासकीय अधिकृत पुरीको रौतहटस्थित चन्द्रपुर नगरपालिकामा सरुवा भएको हो । पुरी गत फाल्गुन महिनामा चन्द्रपुर नगरपालिकाबाटै सरुवा भएर जीतपुरसिमरा आउनुभएको थियो । मन्त्रालयले पुरीलाई त्यसअघि निजगढ नगरपालिकाबाट चन्द्रपुरमा सरुवा गरेको थियो । निजगढमा हाजिर गर्नुभएका पुरीले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीको सरुवा विवादमा निजगढमा बसेर काम गर्न भने पाउनुभएको थिएनन ।जीतपुरसिमरा आएको ६ महिनामै पुरीको पुनः चन्द्रपुरमा सरुवा गरिएको हो र्। प्रमुख प्रशासकीय अधिकृत पुरीको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँको स्थानमा कसलाई पठाउने भन्ने बारेमा भने अझै निर्णय गरेको छैन ।जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृत पद रिक्त राखेर मन्त्रालयले पुरीलाई रौतहट पठाएको हो । पुरीको सरुवा भएसंगै जीतपुरसिमराको दैनिक कामकाज प्रभावित हुने भएको छ ।

Leave a Reply