काठमाण्डौ – १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिपमा आयोजक नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा भारतले भने विजयी शुरुवात गरेको छ ।बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको समूह ‘ए’ को खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो । पाकिस्तानका लागि अली जफरले खेलको ७६ औँ मिनेटमा गोल गरे । यो जितसँगै पाकिस्तानले ३ अङ्क जोडेको छ ।यो प्रतियोगिताको समूह ’ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।
यसैबीच १९ वर्षमुनिको साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेको छ । बिहीवार नै त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० गोलले हरायो ।पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थप्यो । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले १÷१ गोल गरे ।यो जितसँगै समूह ’बी’ मा रहेको भारतले ३ अङ्क जोडेको छ । यो समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।

Leave a Reply