वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले १५ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिउकीस्थित सडकखण्डबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले २ सय ३० क्वीन्टल गहुँ र ८० क्वीन्टल सखर बरामद गरेको हो ।
भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा ना. २ त ४०३६ नम्बरको सोनालिका ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँअनुसार नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।



















