धिरेन्द्र तिवारी
कलैया,महागढिमाई नगरपालिकाको वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय अधारभूत विद्ययालयमा शनिबार निशुल्क आँखा शिवीर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।महागढिमाई नगरपालिकाको आर्थिक सहयोग र गढिमाई युवा सोसाइटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा ३ सय १२ जनाको निशुल्क आँखा चेकजाँच गरि निशुल्क औषधि वितरण गरिएको छ ।शिवीरमा चेकजाँच गराउन आएकाहरुलाई किरण आँखा आस्पताल वीरगन्जका डाक्टर सम्झना चौधरी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा चेकजाँच गरेको थियो ।त्यसैगरी सोही कार्यक्रममा भएको रक्तदानमा ३५ जना पुरुष र २ जना महिला गरि ३७ जानाले रक्तदान गरेका छन ।रेडक्रस सोसाइटी वीरगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रम गढिमाई सोसाइटीका सभापति सोनुकुमार गुफाको सभापतित्वमा भएको थियो ।कार्यक्रमका विशिष्ठ अथिति जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामबाबुप्रसाद यादव वडा नम्बर २ का वडा अध्यक्ष बिश्वानाथ प्रसाद कुशवाहा र वडा नम्बर ६ का वडा अध्यक्ष गेनालाल यादव, वडा नम्बर ७ का वडा अध्यक्ष शिवबिरेन्द्र प्रताप सिंह, वडा नम्बर १० का वडा अध्यक्ष चन्दन गुप्ता, कार्यापालिका सदस्य महेश जैसवाललगायतले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन सोसाइटीका सचिव ज्ञानप्रकाश रौनियारले गर्नुभएको थियो ।

















