निजगढ,“ट्राफिक सप्ताह २०८२” को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले शुक्रवार निजगढमा गरेको स्वास्थ परीक्षणमा १५० जना सवारी चालकहरुले स्वास्थ परीक्षण गराएका छन ।ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२को अवसरमा निजगढ सिटी हस्पिटलको सहयोगमा ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गमा चलेका सवारी र ढुवानीका साधनहरु रोकेर चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण गरेको हो ।

सो अवसरमा सिटी हस्पिटलका चिकित्सक र स्वास्थ्यकर्मीहरुले यातायात मजदुरहरुको रक्तचाप र मधुमेह परीक्षण गरी आवश्यक औषधी र परामर्श दिएका थिए । कार्यक्रममा सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनिकरणका लागि चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण, औषधी र चेतनामूलक सन्देश सहितको पर्चा वितरण गरिएको जिल्ला ट्राफिक कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक केसीले बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले पनि स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँले ट्राफिक प्रहरीले तयार पारेको सन्देशमूलक पर्चा पनि चालक र सहचालकहरुलाई वितरण गर्नुभएको थियो ।ट्राफिक सप्ताह अन्तर्गत प्रहरीले बिहीवार कलैयाबाट शुरु गरेको अभियान आगामी जेष्ठ २८ गतेसम्म संचालन हुने जनाइएको छ । कार्यक्रम अन्तर्गत अमलेखगंजमा यातायात मजदुरसंग ट्राफिक प्रहरीले सडक सुरक्षाबारे अन्तक्रिया आयोजना गरिने प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

Leave a Reply