जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ स्थित नेपाल आधारभुत विद्यालय नगौलमा विरेन्द्र सिहको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा पुनम सिहं, जयलाल महतो, दावा लामा र अभिभावकहरुको तर्फबाट मनोज कुवँर निर्विरोध चयन हुनुभएको हो । यसैगरी सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक पदेन रहने र एकजना शिक्षक प्रतिनिधि पनि समितिमा सदस्य रहने व्यवस्था छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुद्दिन अंसारीको अध्यक्षतामा भएको अभिभावक भेलाबाट समिति चयन गरिएको हो । उपमहानगरपालिकाका विद्यालय निरीक्षक हरिश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा समाजसेवी एंव नेकपा एमाले बारा जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरी, चिरञ्जीवीभक्त पौडेल, फैजलहक अंसारी, वडा नम्बर ६ का वडा सचिव गोविन्द पोखरेल, वडा सदस्य बुद्धकुमारी लगायतको उपस्थिति रहेको थियो ।



















