बर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको पुनर्गठन गृहकार्य चलेको लामो अवधि गुज्रिएको छ । दिनहुँजसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नुभएको विषयले निकै चर्चा भएको छ ।बुधबार गठन हुने भनिएको नयाँ मन्त्रीमण्डल समेत बिहीबारका लागि सरेको छ यद्यपी बिहीबार मुलुकमा केही नयाँ अनुहारमा मन्त्री थपिने निश्चित भएको छ । मन्त्रीमण्डल पुनर्गठन हुँदा वहालवाला मन्त्रीहरू बाहिरिनेदेखि लिएर नयाँ मन्त्री बन्नेहरूको दौडधुप पनि सुरु भएको छ । मन्त्रीहरूको कार्यसम्पादनको आधारमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ ।

 

 

सत्तारुढ दलबाटै मन्त्रीहरूको आलोचना भएपछि प्रधानमन्त्री ओलीले पनि पुनर्गठनको गृहकार्य थाल्नुभएको स्वयम् नेकपाका शीर्ष नेताहरूले बताउँदै आएका छन् । मन्त्रीमण्डल पुनर्गठनको चर्चासँगै वहालवाला मन्त्रीहरू भने निराश बनेका छन् । कतिबेला मन्त्री पद जाने हो भन्ने चिन्तामा रुमलिएका छन् । मन्त्रीहरूलाई कर्मचारीहरूले समेत असहयोग गर्ने क्रम शुरु भएको छ ।

 

 

यो सरकार गठन भएको करिब दुई बर्षपछि केही नयाँ अनुहारका मन्त्रीहरु ऋाउन लागेका हुन् । यसले पक्कैपनि मुलुकको सम्मृद्धिका लागि केही अवसर प्रदान गर्नेछ ।बर्तमान सरकारका केही मन्त्रीहरुले काम नगरेको चौतर्फी गुनासो बढेका बेला मन्त्रीमण्डलमा फेरबेदल आउनु स्वभाविक पनि हो । अब नयाँ आउने मन्त्रीहरुले देश र जनतका लागि काम गर्न सक्नु पर्दछ होइन भने मुलुकमा सम्मृद्धि आउने कुरा सपना मात्रै हुनेछ ।

Leave a Reply