राजन कुमार बानिया

पोखरिया,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि परिश्रमिकमा अधारित सामुदायिक आयोजना कार्यक्रम पर्साको धोबिनी गाउँपालिकाको वडा नं २ भिखमपुरमा मंगलवारदेखि शुरु भएको छ ।धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान आफैले कोदालोले खनेर कार्यक्रमको उद्धाटन गर्नु भएको थियो । रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिका रहेका दलित, गरिब, महिला र पुरुषहरुलाई सय दिनसम्म रोजगार दिने योजना रहेको छ । कार्यक्रममा धोबिनी गाउँपालिका रोजगार संयोजक मुन्ना पटेल, दिलिप पटेल, स्थानीय जनप्रतिनिधिलगायत मजदुर, महिला र पुरुषहरुको सहभागिता रहेको थियो ।

Leave a Reply