नरेश गुप्ता
बरियारपुर,११२ औं अन्तर्राष्ट्रिय नारी दिवस बारामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । समाजिक न्याय र लैंङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराकासाथ नारी दिवस मनाइएको हो ।
बाराको महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देबी कानुको अध्यक्षतामा नारी दिवसमा प्रभातफेरी गरिएको थियो ।
लैङ्गिक हिंसा अन्त गरौं, असल समाजको निर्माण गरौ, बाल बिबाह अपराध हो, दाइजो प्रथा अन्त गरौं भन्ने नारा लगाउदै नगर परिक्रमा गरिएको थियो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफा, महिला तथा बालबालिका सेवा केन्द्र शाखा प्रमुख गुन्जा जैसवाल, महिला अधिकारकर्मी शिला जैसवाल, बसुन्धरा गैरेलगायत स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी नारी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बारा महिला बालबालिका, जेष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय बारा, सामुदायिक प्रहरी सेवा केन्द्र बारा, जिल्ला महिला संजाल बारा, लैङ्गिक हिंसा विरुद्धको समिति बारा र हाम्रो प्रयासको संयुक्त आयोजनामा कलैयामा पनि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक भरत अधिकारीको अध्यक्षतामा सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चितता भन्ने मुल नाराका साथ लैङ्गिक समानताको दृष्टिकोणबाट सकारात्मक सोच र व्यवहारिक परिवर्तन गर्न सहयोग गर्ने रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट निकालिएको र्याली नगर परिक्रमा गरी कलैया बजारस्थित भरत चोकमा कोण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा जिल्ला महिला संजालकी उपाध्यक्ष मन्जु सुवेदी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महिला हिंसा अन्त्य र नारी पुरुष समानताका बिषयमा मन्तब्य व्यक्त गरेका थिए । महिलाहरुलाई समाजले उच्च सम्मान गर्नु पर्ने, स्वतन्त्र रुपले अगाडि बढन अभिप्रेरित गर्नु पर्नेमा सो अवसरमा सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको थियो ।
त्यसैगरी बाराको कोल्हबी नगरपालिकाले समेत ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।