चन्द्रपुर,नेकपा (एमाले) रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै गएको छ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने चर्चा बढेसँगै अध्यक्षका आकांक्षीहरुको चर्चा पनि शुरु भएको छ ।अध्यक्षमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको चर्चा छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द साहले अध्यक्ष पदमा उम्मेदवारी दिने आँकलन गरिएको छ ।युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका वर्तमान उपसचिव रूपेशकुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको छ । संविधान सभा सदस्य तथा एमालेका नेता बवन सिंहले पनि अध्यक्षमा उम्मेदवारी रहने बताउनुभएको छ ।करिव ४ सय मतदाता रहेको नेकपा एमालेको दशौ जिल्ला अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ । ४ सय मत मध्ये करिव २ सय मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले अध्यक्ष को हुने भन्ने निर्णय हुने एक नेताले बताए ।जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा अध्यक्षका आकंक्षी चारै जनाले प्रतिनिधिहरूसँग मत माग्न थालेका छन । उनीहरुले प्रतिनिधिको घरघरमै पुगेर मत माग्न शुरु गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here