निजगढ,बलात्कारमा परेर घाइते बनेकी निजगढ नगरपालिका वडा नम्बर १२ थलीकी ११ बर्षिय बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि निजगढस्थित सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालमा ४ दिनसम्म उपचार गरेर घरमा ल्याइएकी बालिकालाई ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलवार अस्पताल भर्ना गरिएको हो । दिउसोबाट एक्कासी ज्वरो बढेपछि बालिकालाई निजगढ १२ का वडा सदस्य सुकुमाया मोक्तान र वडा अध्यक्ष ज्ञानबहादुर गोलेको सहयोगमा उपचारको लागि प्रसुती गृहमा भर्ना गरिएको हो ।प्रसुति गृहका चिकित्सक सतिश निरौलाले बुधवार बालिकाको अवस्थामा केही सुधार आएको जानकारी दिनुभएको छ । ‘अहिले ज्वरो घटेर अवस्था समान्य छ, उहाँले भन्नुभयो, अस्पतालमा भर्ना गर्दा १ सय १ डिग्री ज्वरो देखिएको थियो ।’ निजगढ नगर प्रमुख सुरथ पुरी, अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेले अस्पतालमा पुगेर बालिकाकी आमासंग भेट गरी उपचारको लागि सहयोग गर्ने आश्वासन दिनुभएको छ ।यसअघि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरेर उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार भएको भन्दै सोमवार डिस्चार्ज गरिएको थियो । निजगढ नगरकी उपप्रमुख सोममाया थिङ्गले वीरगञ्ज पुगेर बालिकालाई घर ल्याउन सहयोग गर्नुभएको थियो । पादेशिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि नारायणी अस्पताल पुइएको थियो ।जङ्गलमा बाख्रा चराउन गएको बेला सोही वडाको रामथली बस्ने ६४ बर्षिया राना माईला भनिने सोमबहादुर लुङ्ग्बाले घरमा कोही नभएको मौका छोपेर हिडन र बोल्न पनि नसक्ने विशेष क्षमताकी बालिकालाई गत शुक्रवार बलात्कार गरेका थिए । बलात्कारको आरोपमा प्रहरीले लुङ्ग्बालाई पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here