पुष्पराज खतिवडा

मनहर्वा,जिल्ला सहकारी संघ लिमिटेड बारा ब्यूँतिएको छ । २०५१ साल अघिबाट निस्कृय रहेको जिल्ला सहकारी संघलाई साना किसान कृषि सहकारी संघ, बारा बचत तथा ऋण सहकारी जिल्ला संघ र सहकारी संघ लिमिटेडकै संचालकहरुको सक्रियतामा सक्रिय पारिएको हो ।बुधबार सदरमुकाम कलैयास्थित सहकारी संघ लिमिटेड परिषरमा बसेको सदस्य संस्थाका प्रतिनिधिहरुको साधारण सभाले संघको ११ सदस्यीय संचालक समिति चयन गरेको छ । सहकारी संघका पूर्वसंचालक उपेन्द्रप्रसाद जयसवालको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सत्यन्द्र ठाकुर, सचिवमा मिश्रीलाल सहनी, कोषाध्यक्षमा नयनकला खड्कालाई चयन गरेको हो ।यस्तै विजयकुमार सोनार, मुकुन्दबहादुर क्षेत्री, संजिला खातुन, अस्तुरन देवी चौधरी, विन्दा सिंह, रामाधार ठाकुर र सिकेन्द्र पासवानलाई सर्वसहमतिले समितिको सदस्यमा चयन गरेको छ ।२०१३ सालमा स्थापना भएको सहकारी संघ लि. बारा २०४८ को सहकारी ऐन बनेसँगै नाजुक बन्दै गएर २०५१ पछि निष्कृय बनेको थियो ।लामो समयदेखिको अथक प्रयासपछि संघको बारा समिति गठन गरिएको संचालक मुकुन्दबहादुर क्षेत्रीले बताउनुभयो ।संघको कलैया उपमहानगरपालिकास्थित कलैया( वीरगन्ज सडकखण्डसंग जोडिएको पौने ३ कठ्ठा जमिन र सो जमिनमा गोदाम सहित पक्की कार्यालय भवन रहेको छ । लामो समयदेखि प्रयोगविहिन गोदाम र कार्यालय भवन जीर्ण बनेका छन् ।

Leave a Reply