वीरगञ्ज,सर्लाही घटनाको विरोधमा वीरगञ्ज हिन्दू समाजले प्रदर्शन गर्ने क्रममा वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिति नि€यन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच शुरु भएको विवाद शनिवार दिउसो झडपमा परिणत भएको थियो ।प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको छ । अहिले स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।सर्लाहीको मलंगवामा भएको दुई पक्षबीचका विवादलाई लिएर वीरगन्ज हिन्दू समाजले वीरगञ्ज बजार ठप्प पारेर प्रदर्शन गरेको हो । बन्द आह्वानका कारण महानगरको मुख्य सडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द भएका थिए ।बन्दलाई सफल बनाउँन वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुसले नगर परिक्रममा गरेको थियो ।बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारी साधन पनि ठप्प छन् । शनिवार साँझसम्मको लागि मात्रै बजार बन्द गरिएको वीरगन्ज हिन्दू समाजले जनाएको छ ।सर्लाहीको मलंगवा घटनाका दोषीलाई कारबाही माग गर्दैै समाजले बजार बन्दको आह्वान गरेको हो ।यसैबीच सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बीच शुक्रबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ ।प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो । मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो ।बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु शनिबार पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्फ्यु हटाउने वा नहटाउने भन्नेबारेमा निर्णय गर्न शनिबार जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ ।सुरक्षा अवस्थाबारे समीक्षा पश्चात् कर्फ्युबारे निर्णय हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रसँग बताउनुभयो । निरन्तरको कर्फ्युका कारण मलङ्गवाको जनजीवन भने कष्टकर बन्दै गएको छ ।हाटबजार बन्द छन् । सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा ठप्प जस्तै रहेकाले अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । झडप रोक्न बिहीवार साँझदेखि नै निरन्तर बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्लाभरका युनिटबाट थप मद्दत टोली मलङ्गवा उतारिएको छ ।सुरक्षा स्रोतबाट प्राप्त जानकारी अनुसार ठुलो सङ्ख्यामा नेपाली सेना समेत तयारी हालतमा मलङ्गवामै लगेर राखिएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुका अनुसार शुक्रवार साँझ ७ बजेभित्र मूर्ति विसर्जनपश्चात् मलङ्गवा बजार क्षेत्रको अवस्था सामान्य नै छ ।थारुले शुक्रवार राति कुनै पनि किसिमका प्रदर्शन नभएको बताउनुभयो । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा मुढासहित प्रदर्शन उग्र बनेपछि प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here