कलैया,बाराको क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादवले २ तले विद्यालय भवनको शनिबार उद्घाटन गर्नुभएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ शिस्वामहेसपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय भवनको सांसद यादवले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।

सांसद यादवकै संसदीय विकास कोषको रकमबाट निर्मित विद्यालय भवनको उद्घाटन गर्दै सांसद यादवले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो । गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएको भन्दै सांसद यादवले शिक्षाका लागि भौतिक पूर्वाधारले महत्व राख्ने धारणा राख्नुभयो । उहाँले अनुकुल वातावरण भएपछि मात्रै विद्यार्थीहरुलाई अध्ययनमा मन लाग्ने हुँदा भवनसँगै अन्य भौतिक पूर्वाधारको पनि विकास गर्दै जाने दृढता व्यक्त गर्नुभयो ।

भवन उद्घाटनपश्चात यादवकै अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयमा नर्सिङ्, अहेब लगायतका अन्य प्राविधिक शिक्षा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here