त्यसो त धर्म भनेको मानिसको आस्था हो, उसले आफ्नो इच्छा अनुसार जुनसुकै धर्म मान्ने पनि अधिकार छ अनि नेपालको संबिधानले त अहिले झन् यो कुराको सुनिश्चित गरिदिएको अवस्था छ । धार्मिक हिसावले हेर्ने हो भने नेपाल ३३ कोटी देवताको बास भएको ठाउँ पनि हो भनिन्छ । यद्यपि यसको पुष्टि गर्न त सकिदैन । जसले जे भने पनि धर्म र जात भनेको मानिसको जीवनको पाटोमा जोडिएको एक विषय नै हो । धर्मको नाउँमा कयौं अन्धविश्वासहरु पनि छन् तैपनि मानिसको विश्वास फेरि यसैमा देखिन्छ ।बाराको निजगढ पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्ने एक महत्वपूर्ण शहर हो । यहाँका मानिस अन्धविश्वासमा भर पर्छन् भनेर भन्ने ठाउँ कही कतै छैन । यो निकै सभ्य मानिसहरुको बसोबास भएको शहर पनि हो । यहाँ निकै बौद्धिक सहित सबै वर्गका मानिसहरुको बसोबास छ । पछिल्लो केही महिनायता निजगढ क्षेत्रमा भएको सवारी दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ । सायद अन्य उपाय सहित निजगढका बासिन्दाले सडकमा पूजापाठ पनि गरेका छन् ।अन्य केही उपाय नअपनाइ केवल पूजा मात्रै गरेको भए त्यो अन्धविश्वास नै हुने थियो यद्यपि अन्य वैज्ञानिक उपाय उपनाउदा समेत मानिसको ज्यान जानेक्रम नरोकिएपछि दैवी कारण हो कि भनेर सोच्नु वा यसको पनि निराकरणको उपाए खोजिनु ठीकै होला तर यो नै सबै कुरा चैं हुदैहोइन । सडकमा पूजा गरेर सवारी दुर्घटना न्यूनप्करणको उपाय खोजिए पनि अझै अन्य वैज्ञानिक कारण पनि पत्ता लगाएर यसको न्यूनीकरणमा लाग्न चैं आवश्यक छ ।


















