राजन कुमार बानिया

पोखरिया,महाशिवरात्री पर्वको अवसरमा मंगलवार पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ मिर्जापुरमा भेडा जुधाइ प्रतियोगिता समपन भएको छ ।

मिर्जापुरस्थित शिवमन्दिरमा महाशिवरात्री मेलाको अवसरमा प्रतेक वर्ष भेडा जुधाइ प्रतियोगिता हुदै आएको छ ।

प्रतियोगिताको उद्धाटन ईन्द्रासन साह कलवारले गर्नुभएको थियो । भेडा जुधाइ प्रतियोगितामा नेपाल भारतका किसानहरुले पालेका १ सयभन्दा बढी भेडाहरुलाई सामेल गराइएको थियोे ।

प्रतियोगितामा विजयी भेडाका मालिकले ५ हजारदेखि १० हजारसम्म पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा स्थानीय समाजसेवी रामपुकार यादव, सचीन सिंह, हिमान्चल कुशवाहा, हिरालाल यादव, जितेन्द्र यादव, अकलेश यादव, सुरेन्द्र यादव र सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत नेपाल भारतका दर्शकहरुको सहभागिता रहेको थियोे ।

Leave a Reply