पुष्पराज खतिवडा
मनहर्वा,कलैया– वीरगञ्ज सडक खण्ड अन्र्तगत बाराको फेटा गाउँपालिका वडा नम्बरं. १ भलुहीमा बुधवार राती एकजनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकजना इरिक्सा चालकलाई नियन्त्रणमा लिएको छ ।घटनाको अनुसन्धान गर्न बनेको बारा प्रहरीको विशेष टोलीले घटनापछि फरार रहेका भनिएका ना १ ह ३८७७ नम्बरको ई रिक्सा चालक बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी बस्ने अन्दाजी वर्ष ३५ को सुधन दासलाई नियन्त्रणमा लिएको हो । चालक दालमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । घटना घटेको १८ घण्टापछि प्रहरीले दुर्घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिएको हो ।प्र.०२–०३–०१७ प ७९५० नम्बरको मोटरसाईकलमा वीरगञ्जबाट कलैयातर्फ आउदै गरेको अवस्थामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुर बस्ने २३ वर्षिय श्रीभगवान पटेलको बुधवार राति मृत्यु भएको थियो । दुर्घटनापछि उपचारको क्रममा कलैया अस्पतालमा पटेलको मृत्यु भएको हो ।मृतकका आफन्त र गाउँलेले पटेलको मृत्यु आफैं नभएर अर्को सवारीको ठक्करबाट भएको हुनसक्ने भन्दै ठक्कर दिने सवारीको पहिचान गरी कारबाहीको माग गर्दै कलैया– वीरगञ्ज सडक खण्डको मोतीसरमा टायर बालेर बिहीवार एकघण्टा चक्का जाम गरेका थिए । चक्का जामका कारण कलैया ं वीरगञ्ज सडकमा गुड्ने सयौं सवारी तथा हजारौं यात्रु अलपत्र परेका थिए ।प्रहरीले आन्दोलनरत पक्षसँग सत्यतथ्य पत्ता लगाउन समय मागेपछि एक साताको समय दिने शर्तमा चक्का जाम फिर्ता गरिएको स्थानीय प्रमानन्द चौरसियाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here