कृष्ण मोहन साह

सेढवा,पर्साको गादिमाई साझेदारी वन व्यवस्थापन समिति र सब डिभिजन वन कार्यालय बसन्तपुरको संयुक्त टोलीले पर्साको जिराभवानी गाउँपालिकास्थित एक स मिलमा छापामारी गरेर ५० क्युफिट कर्मा जातको गोलिया काठ बरामद गरेको छ ।गादिमाई साझेदारी वपन व्यवस्थापन समुहका सदस्य शत्रुधन ओझैयाको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ मा रहेको संजय स मिलमा छापामारी गरी वन कार्यालयको सरकारी टाँचा (लोगो) नभएको अवस्था मा ५० क्युफिट काठ बरामद गरेको हो । बरामद काठ सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखेर थप अनुसन्धान भैरहेको सब डिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply