रौतहट,
रौतहटको गौरमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूहको आयोजनामा आयोजित कार्यक्रममा बालविवाहको अवस्था, अन्तरपुस्तामा बालविवाह बारे सोच परिवर्तनको अवस्था, विगत र वर्तमान अवस्थामा बालविवाहको प्रमुख कारण, र मधेस प्रदेशमा बाल विवाहको अवस्था बिषयमा उपस्थीत अभिभावक किशोरीहरुलाई प्रशिक्षक वीरेन्द्र सिह र दुर्गा कार्कीले प्रशिक्षण गराउँदै विस्तृत रूपमा सहभागीहरु बीच छलफल तथा सम्वाद गराएका थिए ।

२० वर्ष भन्दा अगाडी छोराछोरीको , विवाह गर्ने गराउने केटा र केटी पक्ष तथा विवाह गराउने पण्डितलाई पनि जेल तथा जरिबाना हुने भनिए पनि समाजका केही व्यक्तिको कारणले गर्दा अभिभावकलाई दबाब पर्ने भएकोले सानै उमेरमा छोरीको विवाह गरिदिएको एक अभिभावकले आफ्नो अनुभव सुनाएका थिए ।
तर अब आफनै छोरीलाई नातिनीको विवाह २० वर्ष पुगेपछि मात्र गर्नुपर्छ भन्दै सम्झाउने गरेको बताए ।
छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि पर्छ भन्दै किशोरीहरुले दाइजोको कारण नै आफूहरुको विवाह सानै उमेरमा अभिभावकले गर्न चाहेको तर आफूले उच्च शिक्षा हासिल गर्ने आफनै खुट्टामा उभिन सक्ने भएपछि मात्र विवाह गर्ने ढिपी गरेपछि बाल विवाह हुन बाट बचेको बताएका छन् ।
एक किशोरीले आफ्ना कुरा राख्दै विवाहको विषयलाई नै लिएर आमा बुवाबिच दैनिक जसो विवाद समेत हुनेगरेको बताइन् । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी नहुँने जस्ता कारणले पनि बाल विवाह हुने गरेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रम सञ्चालन सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले गर्नुभयो। ग्ल्ँएब् को सहयोगमा अन्तरपुस्ता संवाद कार्यक्रम गौर स्थित होटल सिया प्यालेसको सभाहलमा सम्पन्न भएको हो ।
गौर नगरपालिकाको पुर्ब उपमेयर तथा मानव सेवा केन्द्रका अध्यक्ष किरण ठाकुर, महिला धिकारकर्मी निलु झा, सञ्चारकर्मी बिना राउत, नेकपा एस को महिला नेत्री गिता देवि महतो,लगायत अभिभावक तथा किशोरीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।















