कलैया,जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न समयमा बरामद गरेको ४ सय ३० केजी गाँजा नष्ट गरेको छ ।
प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा विभिन्न मिति र स्थानबाट बरामद गरेको उक्त परिमाणको प्रतिवन्धित लागू औषध गाँजा शुक्रवार जिल्ला प्रहरी कार्यालय कलैयाको परिसरमा नष्ट गरेको हो ।प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईहरुले विभिन्न मिति र समयमा बरामद गरिएको प्रतिबन्धित गाँजा सम्पुर्ण कानुनी प्रकृया पूरा गरी खाल्डोमा जलाएर नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply