निजगढ,पूर्वपश्चिम राजमार्गको निजगढ १ स्थित धन्सारमा बस दुर्घटना हुँदा बसका सहचालक सहित १६ जना घाइते बनेका छन ।पूर्वबाट पश्चिमतर्फ आउदै गरेको म. प्र.०३–००१–ख ९३९६ नम्बरको यात्रुवाहक बस मंगलवार बिहान अनियंत्रित भइ पल्टदा बसमा सवार १६ जना मध्ये चालक र सहचालक बाहेको १५ जना घाइते भएका हुन । उनीहरुको निजगढ ९ स्थित सामुदायिक अस्पताल प्रसुति गृहमा उपचार गरिएको थियो ।घाइते हुनेमा दाङ्ग तुल्सिपुर नपा– १० बस्ने बर्ष २१ को बिजय गिरी, जुद्धबहादुर गिरी, चितवन खैरेनी नपा– १० कुस्ना बस्ने हेमबहादुर घर्तीको श्रीमती वर्ष ५१ की नेत्रकुमारी भुजेल, मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष ७७ की फुलिमाया पाख्रिन, सोही ठाउँ बस्ने वर्ष ७८ को कृष्ण पाख्रिन, सर्लाही लालबन्दी नपा– ४ बस्ने वर्ष २६ को संगम चौधरी, सर्लाही कबिलासी नपा ४ हेमपुर बस्ने वर्ष ५५ को रामकेबल राय, सर्लाही लालबन्दी नपा–४ बस्ने बर्ष ३० को अशोककुमार चौधरी, सर्लाही लालबन्दी नपा.६ बस्ने वर्ष २७ को मिना विश्वकर्मा, सर्लाही लालबन्दी नपा.१ नवलपुर हाल हेटौंडा– ५ पिपले बस्ने वर्ष ५० की राधिका उप्रेती, धनुषा महेन्द्रनगरका वर्ष ६७ को कृष्ण ढुङे, रौतहट चपुर– ६ बस्ने वर्ष ६५ को पम्का थापा, सर्लाही हरिपुर नपा.१ हजार बिघा बस्ने वर्ष ३५ को चित्रबहादुर बोहरा, उनको वर्ष ८ को छोरा सुलभ बोहरा, सर्लाही मलङ्गवा ९ बस्ने वर्ष ४५ को शिवजी राउत कुर्मी, महोत्तरी बर्दिबास– १० खयरमारा बस्ने वर्ष ३० को रविन तोलाङी रहेका छन । बसका चालक फरार रहेको खोज तलास कार्य भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here