आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकामा नगरस्तरीय डोम भेला तथा सङ्गठन निर्माण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ ।डोम समाज कल्याण बाराका अध्यक्ष वीरेन्द्र मलीको अध्यक्षतामा भएको भेलामा वक्ताहरूले डोम समाजमा शिक्षाको अभावले बालविवाह बढेको बताएका थिए । वक्ताहरूले डोम समुदायमा मदिरा प्रयोग गर्ने संस्कृतिका कारण उनीहरूको आर्थिक, सामाजिक अवस्था दयनीय बन्दै गएको पनि बताएका थिए ।कार्यक्रममा डा रामबाबु कुशवाहा, बाराका उपाध्यक्ष अजय मली, डा विजय मली, इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक जीतेन्द्र साह, सञ्चारकर्मी रामेश्वर मेहता, अजय मली, तोखन मलीलगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन डोम समाज कल्याण, पर्साका अध्यक्ष अनिलकुमार मलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here