सिमरा,नेकपा एसका केन्द्रीय परिषद् सदस्य ईश्वर ढकालसहित एक सयजना कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।ढकालसहित एकीकृत समाजवादीका जिल्ला सदस्य फुलेना यादव, राजेश बछार, जिल्ला सल्लाहकार समितिका सदस्य रामबिहारी चौधरी, छन्नु चौधरी, जीतपुरसिमरा नगर कमिटी सदस्यहरु रबिन्द्र दास, कन्हाइलाल थारु, अनेरास्ववियु जिल्ला सहसचिव अस्मिता रेग्मी, ज्ञानु ढकालसहित जीतपुरासिमरा वडा नम्बर १२ नम्बर वडा कमिटी नै एमालेमा फर्किएको छ ।साथै राप्रपाका पूर्वजिल्ला सचिव बिरेन्द्र यादव पनि एमालेमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै भट्टराईले अब मधेसमा एकीकृत समाजवादीको बोर्ड पनि नरहने बताउनुभयो । उहाँले नेकपा एमाले लोकप्रिय बन्दै गएको उल्लेख गर्दै धेरैले पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने बताउनुभयो । उहाँले एमालेले मधेश प्रदेशमा ०८४ मा दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी पनि गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, अच्युत मैनाली, केन्द्रीय सदस्यहरु मन्जु थापा, अरबिन्द सिंह, सरस्वती चौधरी, मधेस प्रदेश सभा सदस्य एवंम पार्टीको प्रदेश कमिटी सदस्यहरु देबनारयाण चौधरी, सुन्दर बिक, मनोज पौडेल, किशोर शर्मा, ढुन्डिराज उप्रेती, सीता गुरुङ, दिनेश ठाकुरलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष एवंव उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave a Reply