कलैया,बाराको सदरमुकाम कलैयामा प्रथम कलैया भेट्रान कप फुटबल प्रतियोगिता २०८० शुरु भएको छ ।सहयोगी फुटबल क्लबको आयोजनामा कलैयाको श्री सिद्धेश्वर विद्यालयमा प्रतियोगिता शुरु भएको हो ।प्रतियोगिताको शनिवार एक कार्यक्रमकाबीच नेपाली काग्रेसका जिल्ला सभापति एवं कलैया उपमहानगरपालिकाका पूर्वनगर प्रमुख राजेश राय यादवले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै यादवले खेल क्षेत्रको विकासको निम्ति आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।अखिल नेपाल फुटबल महासंघका मधेश प्रदेश संयोजक मुकेश शाहले खेल क्षेत्रले समाज परिवर्तन गर्न ठुलो भुमिका खेल्ने बताउनुभयो । उहाँले पहिलो पटक आयोजना भएको भेट्रान प्रतियोगिताको सफल्ताको कामना समेत गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला सहसचिव धुव्र यादव लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अयोजक क्लबका अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका महासचिव रमेश साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । शनिवारदेखि शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष बिनोदकुमार गुप्ताले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गगत शनिवार भएको पहिलो खेलमा हेटौडा भेट्रान विजयी भएको छ । धनुषा भेट्रान जनकपुरलाई ४÷१ गोल अन्तरले पराजित गर्दै हेटौडाले विजयी शुरुवात गरेको हो । यसैगरी शनिवार नै भएको दोश्रो खेलमा वीरगञ्ज सिटी फुटबल क्लब विजयी भएको छ । सिमरा भेट्रानलाई ४÷० गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको हो ।